जोडिनुहोस
  • होमपेज
  • यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याइँदै

यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याइँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने कामले तीव्रता पाएको छ ।

काठमाडौँ उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर घर बनाउन थालिएको स्थानीयवासी चुडामणि कोइरालाले जानकारी दिए । तत्कालीन कपन गाविसका जननिर्वाचित पूर्व पदाधिकारी एवं सबै राजनीतिक दलका नेतृत्वको सहमतिमा नदी पुरिएको उनले बताए। नदी पुरेर ढल विच्छ्याएसँगै बाढीले कपन एवं काठमाडौँ महानगरपालिका–६ स्थित सरस्वतीनगर र वडा नं ७ को चावहिल क्षेत्रका केही बस्ती डुबानमा पर्ने गरेको छ । महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको छ । तर बूढानीलकण्ठ नगरपालिका–१० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ ।

खोलाको दायाँबायाँ चाररचार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भए पनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ । महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडा नापी कार्यालयले यस क्षेत्रको नापी गर्ने र पुर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तिका रुपमा कायम गरिने बताए ।

दुई दशकदेखिको यो समस्या समाधानका महानगरपालिकाको नेतृत्वमा ढल हटाएर नदीको बहाव क्षेत्र कायम गर्न लागिएको हो । नदीको बहाव क्षेत्र कायम गर्ने काम धमाधम भइरहेको महानगरपालिका–६ का अध्यक्ष भुवन लामाले जानकारी दिए । महानगर क्षेत्रमा नदीको बहाव क्षेत्रलाई कायम गर्न अझै केही दिन लाग्ने उनले सुनाए । दुवै खोलाको बहाव क्षेत्रबाट ढल हटाउने काममा बूढानीलकण्ठ नगरपालिकालेसमेत सहयोग गरिरहेको जनाइएको छ । कपन, सरस्वतीनगर क्षेत्रमा यज्ञमती र चखुँचा खोला कायम हुँदा बाढीको समस्या नरहेको स्थानीयवासी बिना दाहालले बताइन।

खोला पुरेर ढल हालेपछि भने वर्षाको समयमा बाटो हिँड्नै नसकिने गरी बाढी आउने गरेको छ । जसका कारण यसवर्ष एक बालकलाई बाढीले बगाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका