जोडिनुहोस
  • होमपेज
  • रुसको केन्द्रिय बैंकले ब्याजदर १२ प्रतिशत पु-यायो

रुसको केन्द्रिय बैंकले ब्याजदर १२ प्रतिशत पु-यायो

काठमाडौं । रुसको केन्द्रिय बैंकले ब्याजदर ३५० आधार बिन्दुले बढाएर १२ प्रतिशत पु¥याउने निर्णय गरेको छ ।

मंगलवार केन्द्रिय बैंकले बैंकको ब्याजदर १२ प्रतिशत पु-याउने निर्णय गरेको हो । आकस्मिक बैठक बोलाएको केन्द्रिय बैंकले मुद्रास्फितिको दबाबका कारण मूल्य स्थिरता जोखिम सिमित गर्ने उद्देश्यले यो निर्णय गरिएको बताएको छ । रुसमा अगस्ट ७ सम्म वार्षिक मुद्रास्फितिदर बढेर ४.४ प्रतिशत पुगेको छ भने हाल मूल्य वृद्धिदर निरन्तर बढीरहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार आन्तरिक मागमा भएको स्थिर वृद्धिले उत्पादन बिस्तार गर्ने क्षमतालाई कमजोर बनाएको छ भने मुद्रास्फितिको दबाब बढेको छ । साथै आयातको उच्च मागमार्फत मुद्राका विनिमय दरको गतिशिलतालाई प्रभाव पारेको छ । बैंकको हालको निर्णयले सन् २०२४ मा मुद्रास्फितिलाई ४ प्रतिशतमा पु-याउने अपेक्षा छ ।

अमेरिकाको तुलनामा रसियन मुद्रा १०१ ले कम छ । सोमवार र मंगलवार रुबल ९८ कायम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका