काठमाडौं । लगातार तेस्रो दिन शेयर बजारमा गिरावट आएको छ । बुधबार शेयर बजार ३८.४५ अंकले घटेर २७७६.७१को विन्दुमा झरेको छ ।
सोमबार १०० अंकले घटेको शेयर बजार मंगलबार ५.५९ अंकले घटेको थियो । यस्तै, ठूला कम्पनीहरूको बजार मापन गर्ने सेन्सेटिभ परिसूचक ६।५ अंकले घटेर ५१८.३८ को विन्दुमा पुगेको छ ।
बुधबार कारोबार भएका १३ वटा उपसमूहहरूकै सूचकांकमा गिरावट आएको छ । जीवन बीमा उपसमूहले सबैभन्दा धेरै २९८.१७ अंकले गुमाएको छ ।
मंगलबार २३३ कम्पनीका ९३ लाख ९८ हजार ७०० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँबराबरको कारोबार भएको छ ।