काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आरटी पीसीआर परीक्षण गराउँद कोरोना संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।
सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएकाले केही दिन आइसोलेसनमा रहने उनले बताए ।
साथै डा. भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।