Mon Jul 4 2022
मुख्य खबर

मकवानपुरमा १३ सय ९५ सक्रिय संक्रमित, बुधबार ४६ जनामा संक्रमण

मकवानपुर । मकवानपुरमा बुधबारसम्म कोरोनाका एक हजार तीन सय ९५ सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बुधबार ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

कार्यालयका अनुसार दुई सय ७८ जना भने कोरोना संक्रमणमुक्त भएका छन् ।

मकवानपुरमा हालसम्म कोरोनाको कारण एक सय ७० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।