जोडिनुहोस
  • होमपेज
  • ओली–रावल भेटः के सत्ता गठबन्धनसंग भिड्न ओलीले रावलको साथ खोजेका हुन ?

ओली–रावल भेटः के सत्ता गठबन्धनसंग भिड्न ओलीले रावलको साथ खोजेका हुन ?

अमृत ढकाल

काठमाडौं – झण्डै डेढ वर्ष देखि एक अर्काको खरो आलोचना गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ ।

चितवनमा भएको पार्टीको दशौं महाविधेशन पछि पार्टी भित्र फरक मत राख्दै आएका ओली र रावलबीच मंगलबार पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो । डेढ वर्ष अघि चितवनमा भएको महाधिवेशन पछि अध्यक्ष ओली र रावलबीच मंगलबार पहिलो पटक भेटवार्ता भएको हो ।

रावलले निरन्तर नेतृत्वको आलोचना गरे पछि रावल पार्टी भित्रै रहने वा नरहने भन्ने विषयमा निर्णायक वार्ता गर्न एमालेले गत चैतमा तीन सदस्य वार्ता टोलि गठन गरेको थियो । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा गठन भएको भएको समितिमा सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्ण थापा सदस्य रहेका छन् ।

वार्ता समिति र नेता रावलबीच गत वैशाख ३ गते पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको थियो । तर परिणाम भने निस्कन सकेको थिएन । तर पछिल्ला राजनीतिक घटनाक्रम तथा वैशाखमा वार्ता समितिले सचिवालयलाई बुझाएको रिपोटिङकै आधारमा मंगलबार ओली र रावलबीच भेटवार्ता भएको हो ।

पार्टीको दशौं महाधिवेशनमा अध्यक्ष ओलीको चाहना विपरित रावलले अध्यक्ष पदमा प्रतिस्पर्धा गरे पछि ओली र रावलको सम्बन्धमा तिक्त्ता आएको थियो भने रावल पार्टीका सबै जिम्मेवारीबाट निश्कृय भए । अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाहरुले समेत महत्तपवूर्ण जिम्मेवारी पाउँदा रावललाई पार्टीले कुनै जिम्मेवारी दिएन ।

नेतृत्वको चर्का आलोचक बन्दा रावलले गएको निर्वाचनमा उनलाई टिकट समेत पाएनन् । तर वार्ता समिति र रावल बीच भएको भेटार्वाको रिपोटिङका आधारमा एमाले सचिवालय बैठकमा रावललाई जिम्मेवारी दिनु पर्ने कुरा उठ्यो । तर कस्तो जिम्मेवारी दिने भन्ने विषयमा हाल सम्म निर्णय हुन सकेको छैन ।

मंगलबार ओली र रावलबीच भएको एक्ला एक्लै भेटवार्तामा समेत रावललाई कस्तो जिम्मेवारी दिने भन्ने विषयमा छालफल भएन । यद्यपी पार्टी भित्र रावललाई जिम्मेवारी दिने समझदारी भइसकेकाले रावललाई छिट्टै उचित जिम्मेवारी दिने नेताहरुले बताएका छन् ।

एमालेले संगठन विस्तारका लागि भन्दै सुरु गरेको मिसन ग्रासरुट अभियानमा कार्यकर्ताले रावललाई खोजी गरेको तथा पछिल्ला राजनीतिक घटनाक्रमले ओली र रावललाई नजिक बनाएको एमाले स्रोतको दाबी छ । पछिल्लो समय सत्तारुढ दलले एमालेलाई आफ्ठ्यारो पर्ने गरी अघि बढे पछि पार्टीको रक्षाका लागि पनि ओलीले रावललाई भेटेको पार्टी भित्र चर्चा छ । त्यसो त एमालेसंगको दुरी बढ्दा रावल एकीकृत समाजवादी प्रवेश गर्ने सम्मको चर्चा भएको थियो ।

दुई महिना अघि गठन भएको समाजवादी मोर्चामा सामेल हुन समेत प्रस्ताव आएको थियो । तर एमालेले उचित जिम्मेवारी दिने आश्वासन दिए पछि रावल एमालेमै रोकिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका