काठमाडौं । उपचारको क्रममा मृत्यु भएका पत्रकार लालबहादुर विश्वकर्मा (एलवि) को परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो आधा महिनाको तलव बराबरको रकम दिएकी छन् ।
मन्त्री झाँक्रीले बुधबार ३२ हजार रुपैयाँ पत्रकार विश्वकर्माकी पत्नीलाई पठाइदिएको उनको सचिवालयले जनाएको छ ।
स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा पत्रकार विश्वकर्माको ललितपुरको पाटन अस्पतालमा गत माघ ६ बिहान निधन भएको थियो ।
पहिले मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा भर्ना भएका उनलाई अस्पतालले पाटन रिफर गरेको थियो । निजामती कर्मचारी अस्पतालले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेर लापरवाही गरेको भन्दै आलोचना भइरहेको छ ।