काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०४१, भक्तपुरमा २९३ र ललितपुरमा ५६६ संक्रमित थपिएका छन्।
यस्तै काठमाडौं उपत्यकामा ५५ हजार ८०९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४००१२, ललितपुरमा १००६९ र भक्तपुरमा ५७२८ सक्रिय संक्रमित छन्।