जोडिनुहोस
  • होमपेज
  • भदौमा ब्याजदर परिवर्तन गर्न बैंक खुला

भदौमा ब्याजदर परिवर्तन गर्न बैंक खुला

काठमाडौं । नेपाल बैंकर्स संघले भदौका लागि बैंक व्याजदरमा हस्तक्षेप नगर्ने नीति लिएसँगै केही वाणिज्य बैंकहरुले भदौमा निक्षेपको व्याजदर बढाउन सक्ने देखिएको छ । साउनमा केही बैंकले व्याजदर बढाएर निक्षेप थपेपछि भदौमा निक्षेप कम भएका बैंकले व्याजदर बढाएर तान्न सक्ने देखिएको हो ।

कुनकुन बैंकले व्याज बढाएर निक्षेप तान्दैछन् भन्ने खुलेको भने छैन। गत असार अन्तिममा बैंकर्स संघले व्याजदरमा लागु हुँदै आएको भद्र सहमति तोडेको थियो । त्यसपछि केही बैंकहरूले आ९आफ्नै तरिकाले व्याजदर निर्धारण गर्दै आइरहेका छन् । भदौमा पनि यही प्रवृत्ति कायम रहने देखिएको हो ।

साउनमा व्याजदर नबढ्ने गरी भद्र सहमति तोडिए पनि केही बैंकहरूले आफू अनुकूल व्याजदर बढाएका थिए। त्यसैको निरन्तरतास्वरुप केही बैंकहरूले भदौका लागि व्याजदर बढाउन सकिने देखिएको छ । बैंकहरूले महिनाको मसान्तमै व्याजदर प्रकाशन गर्नुपर्ने हुन्छ । सोहीअनुसार बिहीबार बैंकहरूले नयाँ व्याजदर प्रकाशन गर्नुपर्नेछ ।

पछिल्लो समय अर्थतन्त्रमा सुस्तता आएका कारण समग्र बजार तथा सरकारको समेत चाहना व्याजदर घटाउने रहेको छ। तर, केही बैंकले व्याजदर बढाए नवढाउने बैंकको निक्षेप गुम्न सक्ने डर रहन्छ।

केहीले व्याजदर बढाउँदै गर्दा केहीले गत साउनमा ब्याजदर बढाएनन्। व्याजदर नबढाउने सहमति गराएर व्याजदर बढाएपछि केही बैंकरले असन्तुष्टि जनाउँदै आएका छन् ।

व्याज नबढाउने भनेर सहमति गरियो। पछि आफैँ मनलाग्दी व्याज बढाइयो,ु एक वाणिज्य बैंकका सीईओले भने, भद्र सहमति तोड्नु गलत भयो । यो समाचार कारोवार दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका