जोडिनुहोस
  • होमपेज
  • सेभियालाई हराउँदै सिटी च्याम्पियन

सेभियालाई हराउँदै सिटी च्याम्पियन

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी स्पेनिस क्लब सेभियालाई पराजित गर्दै युइएफए सुपर कप च्याम्पियन बनेको छ ।

ग्रीसको एथेन्समा बुधबार राति भएको खेलमा टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई ५–४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । निर्धारित समयको खेल बराबरीमा टुंगिए पछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा सिटीका एर्लिङ  हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए ।

सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सकेनन् । लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए ।

त्यसअघि युसुफ एन न्यास्रीको गोलबाट सेभियाले खेलको २५औं मिनेटमा अग्रता लिन सफल भएको थियो ।

एक गोलले पछि परेको सिटीले ६३औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो ।

युइएफए सुपर कप युइएफए च्याम्पियन्स लिग विजेता र युइएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष हुने गर्दछ ।

सिटी च्याम्पियन्स लिगको तथा सेभिया युरोपा लिगको च्याम्पियन हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका