Sat May 21 2022
मनोरञ्जन

मेरीलिनमाथि इवानले लगाइन् बलात्कारको आरोप

लसएञ्जल्स (अमर उजाला)– अमेरिकी अभिनेत्री र संगीतकार इवान रेचल वुडले आफूलाई अमेरिकी अभिनेता तथा गायक मेरीलिन मेनसनले बलात्कार गरेको आरोप लगाएकी छन् । अभिनेत्रीले मेरीलिनमाथि सन् २००७ मा खिचिएको म्यूजिक भिडियो ‘हार्ट–शेप्ड ग्लासेस’ को सेटमा बलात्कार गरेको आरोप लगाएकी हुन् ।

इवानले आफ्नो जीवनीमा आधारित एक वृत्तचित्र ‘फीनिक्स काइजिङ’ यो कुराको दाबी गरेकी छन् । यसको प्रिमियर सन् २०२२ को ‘सनडान्स फिल्म फेस्टिभल’मा गरिएको थियो । वृत्तचित्रमा ३४ वर्षीया अभिनेत्रीले ‘सिम्युलेटेड सेक्स दृश्य’को समयमा आफ्नो सहमति बिना नै गलत ढंगले छोएको बताएकी छन् ।

अभिनेत्रीका अनुसार उनलाई यो भिडियो सुट गर्नुअघि एबसिन्थ नामक केही खानेकुरा खुवाइएको थियो । जसकारण उनी बेहोस भएकी थिइन् । ‘म यति पनि होसमा थिइनँ कि ५३ वर्षे अभिनेताले ममाथि हरकतको विरोध गर्न सकुँ । त्यसपछि म कहिल्यै पनि यस्तो गैर पेशावार सेटमा गइनँ’, उनले भनेकी छन् ।

उनले आफूलाई गलत बहानामा एक व्यावसायिक सेक्सका लागि बाध्य बनाइएको दाबी गरिन् । त्यो समय आफूविरुद्ध अपराध गरेर क्यामरामा अनिवार्य रुपले आफूमाथि बलात्कार गरिएको बताएकी छन् ।