Fri May 20 2022
देश

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गरुडा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

राती करिब १२ बजे गरुडाबाट समनपुर जाने सडकमा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको डीएसपी भण्डारीले बताए ।

उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।