Wed May 18 2022
अन्तर्राष्ट्रिय

भारतमा थप २ लाख ८६ हजार संक्रमित, ५७३ जनाको मृत्यु

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जना कोभिड संक्रमित थपिएका छन् । भने ५७३ जनाको मृत्यु भएको छ ।

आज पुष्टि भएको संक्रमण बुधबारभन्दा ४७० ले बढीको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म सक्रिय संक्रमित संख्या २२ लाख २ हजार पुगेको छ ।

भारतमा कूल संक्रमित संख्या ४ करोड ३ लाख पुगेको छ । बिहीबार त्यहाँको संक्रमण हुने दर १९.५ प्रतिशत पुगेको छ ।