जोडिनुहोस
  • होमपेज
  • स्पेनमा खडेरीले खाद्य उत्पादन ६० प्रतिशतले घट्ने

स्पेनमा खडेरीले खाद्य उत्पादन ६० प्रतिशतले घट्ने

काठमाडौं।स्पेनमा खडेरीले खाद्य संकट आउने भन्दै आवश्यक व्यवस्था मिलाउन विशेषज्ञहरूले चेतावनी दिएका छन् । खडेरीले ६० प्रतिशतसम्म खाद्यान्न उत्पादनमा ह्रास आउन सक्ने विशेषज्ञले सुझाएका छन् ।

यस वर्ष समग्र उत्पादनको ४० देखि ४२ प्रतिशत मात्रै उत्पादन हुने विशेषज्ञहरूले अनुमान गरेका छन् । सन् १९६० को दशकपछि स्पेनमा पहिलो पटक यति लामो समयसम्म खडेरी परेको हो ।

क्याटेलोनिया र दक्षिणी स्पेनको अण्डालुसिया सबैभन्दा धेरै प्रभावित बनेको छ । खडेरीका कारण युरोपियन देशहरूमा जलायशसमेत सुक्दै जान थालेको मेड्रिड शहरका किसान तथा पशुपालक संघका प्रतिनिधि जेवियर एलेजान्द्रेले बताए ।

आगामी वर्ष यही समस्या हुन सक्ने भन्दै विज्ञहरूले बेलैमा खाद्यान्नको जोहो र जल सञ्चित गर्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका