Sat May 21 2022
अन्तर्राष्ट्रिय

क्युवामा ७ सय बढीलाई मुद्दा दायर

एजेन्सी । शान्ति सुरक्षा बिथोलेर राष्ट्रघाती काम गरेको आरोपमा क्युवामा सात सय भन्दा बढीलाई मुद्दा दायर गरिएको छ ।

गत वर्ष सरकारको विरोधमा प्रदर्शन गर्ने उनीहरुलाई सार्वजनिक प्रशासन कार्यालले मुद्दा दायर गरेको हो ।

यसअघि पनि सोही विषयलाई लिएर १७२ जनालाई मुद्दा चलाएर सजाय तोकिएको थियो । यता, मानव अधिकारवादी अभियन्ताहरूले भने मुद्दा पक्षपातपूर्ण भएको भन्दै आलोचना गरेका छन् ।

मुद्दा दायर गरिएकाहरू ५५ देखि १६ वर्ष उमेरका रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । दसकौंपछि भएको क्युवाको सबैभन्दा ठूलो विरोध प्रदर्शनको क्रममा सयौं सर्वसाधारण पक्राउ परेका थिए ।

गत वर्षको जुलाईमा कम्युनिस्ट टापु राष्ट्र क्युवामा खाद्यान्न तथा औषधिको अभाव, मूल्युवृद्धि र कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भएको सरकारी प्रयासप्रति असन्तुष्टि जनाउँदै हजारौं जनताले सडक प्रदर्शन गरेका थिए ।