जोडिनुहोस
  • होमपेज
  • चीनद्वारा सबै एपलाई व्यापार विवरण उपलब्ध गराउन उर्दी

चीनद्वारा सबै एपलाई व्यापार विवरण उपलब्ध गराउन उर्दी

हङकङ— चीनले देशका सबै मोबाइल एप प्रदायकहरूलाई सरकारसँग व्यापार विवरण पेश गर्न निर्देशन दिएको छ ।

उद्योग र सूचना प्रविधि मन्त्रालयले व्यापार विवरण उपलब्ध गराउने अर्को वर्षको मार्च महिनाको समय अवधि सकिएपछि कारवाही गर्ने चेतावनी दिएको छ । यस चेतावनी पछि चीनमा विभिन्न एपमाथि प्रतिबन्ध हुनेछन् भने साना एप निर्मातालाई सबैभन्दा बढी मारमा पर्ने विज्ञले बताएका छन् ।

सांघाईमा रहेको डेबन्ड कानून कार्यालयका वकिल यु युन्टिङले नयाँ नियमले मुख्यतया अनलाइन जालसाजी विरुद्ध लड्ने उद्देश्य भएपनि यसले चीनका सबै एपहरूलाई असर गर्ने बताए ।

एप पब्लिशिङ फर्मका सह—संस्थापक रिच बिशपले नयाँ नियमले चिनियाँ सरकारलाई कुनै कागजात नदेखाई एप्पलको एप स्टोर मार्फत सजिलै आफ्ना एपहरू प्रकाशित गर्न सक्ने विदेशी एप निर्माणकर्तालाई पनि असर गर्ने सम्भावना रहेको बताए ।

नयाँ नियमहरूको पालना गर्न, एप निर्माणकर्ताहरूले अब या त चीनमा कम्पनी स्थापना गर्नुपर्छ वा स्थानीय कम्पनीसँग सहकार्य गर्नुपर्ने बिशपले बताए । यस विषयमा एप्पलले तुरुन्तै टिप्पणीको लागि अनुरोधको जवाफ दिएन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका