Sat May 21 2022
देश

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच त्रिपक्षीय भेटवार्ता

काठमाडौं । आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

शुक्रबार बिहान एक घण्टाजति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच संघीय तथा स्थानीय चुनाव गर्नेबारे छलफल भएको हो ।

निर्वाचन आयोगले आगामी वैशाख २२ गते स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गर्न दलहरूलाई दबाब दिइरहेका बेला सत्ता गठबन्धनका तीन नेताबीच छलफल भएको हो ।

छलफलमा नेताहरूबीच निर्वाचनका विषयमा के कुरा भयो, जानकारी आइसकेको छैन ।