जोडिनुहोस
  • होमपेज
  • बेलिंघम नायक बन्दा रियलको जित

बेलिंघम नायक बन्दा रियलको जित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले अल्मेरियाविरुद्ध जित हासिल गरेको छ ।

शनिबार राती भएको खेलमा रियलले अल्मेरिया लाई ३-१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा दुई गोल जुड बेलिंघमले गरे भने भिनिसियस जुनिअरले एक गोल थपे ।

अल्मेरियाका लागि भने सर्जियो आरिबासले एक गोल गरे ।

खेलको सुरुआती अग्रता भने अल्मेरियाले तेस्रो मिनेटमै लिएको थियो । हेडमार्फत गोल गर्दै आरिबासले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर रियलले पुनरागमन गर्न सफल भयो ।

बेलिंघमले १९औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ६०औ मिनेटमा हेडरमार्फत गोल गर्दै बेलिंघमले रियललाई अग्रता दिलाए ।

त्यसपश्चात खेलको ७३औं मिनेटमा भिनिसियसले गोल गर्दै अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरे ।

यस सिजनमा रियलको लगातार दोस्रो जित हो । उता, अल्मेरियाको भने यो लगातार दोस्रो हार हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका