Mon Jul 4 2022
देश

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली हट्ने

काठमाडौं । उपत्यकाभित्र जोर बिजोर प्रणालीले झन् समस्या ल्याएको सुझावहरु सरकारमा पुगेपछि यातायात सञ्चालनमा लागू गरिएको जोर बिजोर प्रणाली हट्ने भएको छ ।

आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुको बैठक बसी जोर बिजोर प्रणाली हटाउने निर्णय लिन लागिएको हो । जोर बिजोर प्रणालीले यातायात अभाव भई झन् समस्या ल्याएको थियो ।

कोरोना भाइरसको जोखिम रोकथामका लागि उपत्यकामा ७ माघबाट जोर बिजोर प्रणाली लागू गरिएको थियो ।

जोर बिजोर प्रणालीले आर्थिक गतिविधिमा समेत असर परेको छ ।

कोरोना भाइरस रोकथामका लागि भने यो प्रणालीले खासै काम गर्न नसकेको रिपोर्टिङ सरकारमा पुगेको छ ।