काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न आज शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक राखिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालका अनुसार उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल हुनेछ ।
त्यस्तै, अहिले तत्काल जोरबिजोर हटाउने निर्णय नगर्ने र व्यवस्थित कसरी गर्ने भन्नेबारे ललितपुर र भक्तपुर जिल्लाको पनि फिडव्याक लिएर निर्णय लिने उनले बताए ।