जोडिनुहोस
  • होमपेज
  • बाँदर र बँदेलबाट मकै जोगाउन बारीमा वास

बाँदर र बँदेलबाट मकै जोगाउन बारीमा वास

सल्यान – सुर्खेत सिम्ता गाउँपालिका–४ का गणेश चन्द बारीमा रातभर जाग्राम बस्छन्। बारीमा रहेको मकै रातको समयमा बँदेल आएर सखाप पार्न थालेपछि बचेको मकै जोगाउन खेतबारीमै बस्दै आएका छन्। बारीमा बाँस ठड्याएर घरजस्तो बनाएर बारीमै वास बस्ने गरेका छन्।

बाली बचाउन रातभर हावापानी सर्प केही नभनी जोखिम लिएर बारीमा बस्नुपरेको चन्दको भनाइ छ। सिम्ता गाउँपालिकाका ९ वटै वडामा यस्तो समस्या रहेको उनले बताए।

उनले भने, ‘दिनभर बाँदर र रातभर बँदेलको आतंकले मकैबारी खाली भइसक्यो। पछिल्लो समय युवाहरू विदेशतिर र गाउँमा लगाएको बालीमा जंगली जनावरले क्षति पुर्‍याउन थालेपछि भोकमरी हुन्छ।’

सल्यान बनगाड कुपिण्डे नगरपालिकाका १२ वटा वडामा पनि उस्तै समस्या रहेको बनगाड कुपिण्डे नगरपालिका–५ का तिलक रानाले बताए। सबै वडाका टोलबस्तीका बासिन्दा रातभर बारीमै जाग्राम बस्ने गरेको उनको भनाइ छ। उनले भने, ‘कि जंगली जनावर मार्न दिनु पर्‍यो कि राज्यले कृषकलाई क्षतिपूर्ति दिनु पर्‍यो।’

कुनै दिन बिरामी भएर सन्चो नभई बारीमा सुत्न नगए बँदेलले पाक्ने तयारीमा रहेको मकै सखाप पारिदिने किसानको दुखेसो छ।

पछिल्लो समय बाँदर र बँदेलको संख्या ह्वात्तै बढेपछि नगरपालिकाभित्रका सबै क्षेत्र प्रभावित भएको देखिन्छ। हुलका हुल बँदेल रातिमा आउने र मकैबाली पूरै सखाप पारेर जाने गरेको रानाको भनाइ छ। वर्षदिनको खेती खाइदिने जंगली जनावर हटाउने उपाय नखोजे भोकमरी निम्तिने उनको गुनासो छ।

बाँदर र बदेलले मकै, तरुल, पिडालु‚ सखरखण्ड, फर्सी लगायतका वर्षे बालीमा नोक्सानी हुने गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका