जोडिनुहोस
  • होमपेज
  • गर्मीले आक्रान्त इटलीः कृषि क्षेत्रमा ६ विलियन युरो नोक्सान हुने अनुमान

गर्मीले आक्रान्त इटलीः कृषि क्षेत्रमा ६ विलियन युरो नोक्सान हुने अनुमान

इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटलीमा अत्याधिक गर्मीका कारण ६ विलियन युरो को नोक्सान हुने अनुमान गरेको छ।

यो इटलीको इतिहासमै कृषि क्षेत्रको लागि कालो वर्षको रुपमा रहने उनीहरूको भनाइ छ। रिपोर्टका अनुसार इटलीले यस वर्ष हालसम्म ११ वटा मौसमजन्य विपद्का घटनाको सामना गरेको छ। जसमा असिना, आँधी, तुफान, बाढी र आँधीबेहरीका साथै गर्मी लामो समयसम्म रहने समस्या छन्।

इटालीमा इतिहासमै तेस्रो धेरै बढी गर्मी भएको वर्ष हो। यस वर्षको तापक्रम औसत भन्दा ०.७६ डिग्रि सेल्सियले बढी छ। जुलाईमा यस वषकै सबैभन्दा धेरै गर्मी सामान्य भन्दा १.९६ डिग्रि सेल्सियस रेकर्ड कायम भएको थियो।

तर यस वर्षको तापक्रम हालसम्म २०२२ को तुलनामा कम रहेको बताइएको छ। २०२२ इटलीका लागि इतिहासमै सबैभन्दा बढी गर्मी भएको वर्ष हो। इटलीमा २०१४ यताका साथ वर्ष सबैभन्दा बढी गर्मी छ। तातो मौसमका कारण कृषि क्षेत्रमा असर पर्ने अनुमान छ।

इटलीमा यस वर्ष तातो मौसमका कारण गहुँ उत्पादनमा १०, अंगुरमा १४, नासपातीमा ६३ प्रतिशत र महमा ७० प्रतिशत गिरावट आउने बताइएको छ। सोमवारबाट मध्य र दक्षिण इटलीमा गर्मीको अर्को लहर शुरु हुने अनुमान छ।

ती क्षेत्रमा गत साताको भन्दा ३ देखि ४ डिग्रि सेल्सियसले तापक्रम बढ्ने अनुमान छ। मध्य र दक्षिण इटलीका धेरै भागहरूमा आगामी दिनहरूमा उच्च तापक्रम ४० डिग्रि सेल्सियससम्म पुग्ने अनुमान छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका