Thu May 26 2022
मुख्य खबर

ज्ञानचन्द्र आचार्य बेलायतका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उनलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

ओली सरकारले बेलायतका लागि राजदून नियुक्त गरेका लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर देउवा सरकारले आचार्यको नाम सिफारिस गरेको थियो ।

संसदीय विशेष सुनुवाइ समितिले सरकारको सिफारिसलाई अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।