Mon May 16 2022
Uncategorized

कर्मचारीमा कोरोना संक्रमण भएपछि पाल्पा प्रशासनको सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका सबै नियमित सेवा स्थगित गरेको छ ।

कार्यालयको नागरिकता विभागमा कार्यरत् कर्मचारी कोभिड १९ बाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।

शान्ति, सुरक्षा, मुद्दा, विपद् तथा महामारीजन्य संकट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

आजदेखि यही माघ २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।