Thu May 26 2022
मुख्य खबर

रसुवा बन्यो कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला

काठमाडौं । रसुवा जिल्लामा १८ वर्षमाथिका सबै नागरिकले जिल्लामै कोरोना विरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

योसँगै १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाए सँगै रसुवा जिल्ला कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला समेत बन्न सफल भएको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउनयोग्य २९ हजार १ सय ६ जना रहेकोमा २९ हजार १ सय १ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । त्यसैगरी, कोरोनाविरुद्धको दोस्रो मात्राको खोप ९५ प्रतिशतले पाएका छन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार १२ देखि १७ वर्षसम्मका ४ हजार ७ सय ४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य अनुसार ३ हजार ४ सय ३ जना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् ।