Wed May 18 2022
Breaking News

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ ।

सोहि अवधिमा १० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६९७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमै निको हुनेको संख्या ५ हजार ४३२ जना रहेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ४२ हजार ४३६ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या हालसम्म पीसीआर विधिबाट भएको परीक्षण्मा ९ लाख ४४ हजार ७४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २४ हजार ८५८ जना पुगेको छ ।