काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय ४० जना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २१५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ संक्रमित थपिएका छन्।
यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ३५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८०२२, ललितपुरमा १०३१९ र भक्तपुरमा ५६९४ सक्रिय संक्रमित छन्।