Tue May 17 2022
खेलकुद

इरान विश्वकपका लागि छनोट

एजेन्सी । फिफा फुटबल विश्वकपका लागि इरानले आफ्नो स्थान पक्का गरेको छ ।

चिरप्रतिद्धन्दी इराकलाई १–० ले पराजित गर्दै इरान विश्वकप २०२२ मा छनौट भएको हो ।

इरानको जितमा मेधी तारेमीले ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । इरानले समूह ‘ए’ मा सात खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन् । आज बिहानको खेलमा दुबै टिमले १–१ गोल गरेका हुन् ।

यसअघि विश्वकपको लागि छनोट भइसकेको ब्राजिल र घरेलु टोली इक्वेडर खेलमा १० खेलाडीमा सीमित भए । बराबरीसँगै ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ ।

इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ । दक्षिण अमेरिकी छनोटबाट ब्राजिल र अर्जेन्टिनाले यसअघि नै विश्वकप यात्रा तय गरिसकेका छन् ।