Thu May 26 2022
मुख्य खबर

बुस्टर डोजमा फरक खोप दिदै सरकार

काठमाडौं । सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक खोप दिने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णयअनुसार बुस्टर खोपमा फरक खोप दिने निर्णय गरिएको हो ।

बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर खोप दिंदा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोर्डेना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिने ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरिएको छ ।

पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन भनिएको छ । त्यस्तै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, मोर्डेना र फाइजर खोप लगाएकाहरूलाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिने गर्ने निर्णय गरिएको छ ।