पोखरा– आहा रारा गोल्ड कप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ ।
आज पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मस्र्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले उपाधि चुमेको हो । तोकिएको समयावधिमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त ३० मिनेट दिइएको थियो ।
अतिरिक्त समयमा पनि थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।
विजेता एपीएफले १० लाख एक हजार र उपविजेता मनाङले पाँच लाख एक हजार रुपयाँ पुरस्कार पाएका छन् ।