Mon May 16 2022
मुख्य खबर

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबारका लागि बैठक बोलाइएकामा विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् । यसअघि प्रतिनिधिसभा बैठक पनि माघ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

एमालेले निरन्तर अवरोध गर्दै आएपनि संघीय संसदको बैठक पनि प्रभावित हुँदै आएको छ । यही बीचमा कोरोना महामारी समेत फैलिएको अवस्थामा बैठक बस्न बस्न थप कठिनाइ भएको हो ।