Thu May 19 2022
खेलकुद

ए डिभिजन लिगका खेलहरु माघको अन्तिम साताबाट सुरु हुने

काठमाडौं । एन्फाले लिगका १० औं चरणका खेलहरु माघको २७ गतेबाट सुरु गराउने तयारी गरेको छ ।

एन्फाले लिगका १० औं चरणका खेलहरु माघको २७ गतेबाट सुरु गराउने तयारी गरेको हो । एन्फाका लिग निर्देशक सञ्जिव मिश्रका अनुसार लिगको १० औं चरणका खेलहरु माघको अन्तिम साता गर्ने तयारी रहेको छ ।

उनले अहिलेको तयारी अनुसार माघको २७ गतेबाट फागुनको एक गतेसम्म गर्ने योजना रहेका बताएका छन् ।

त्यो भन्दा अगाडी कोभिडका कारण स्थगित भएको च्यासल युथ क्लव र नेपाल पुलिस क्लवको खेल गराउनेछ । यतिमात्र होइन, टेलिभिजनमा प्रत्यक्ष प्रशारण नहुने केहि खेलहरु सातदोबाटो मैदानमा गराउने तयारी पनि एन्फाले गरेको छ ।

नौं चरणका खेलहरु सकिएपछि करिव तीन साताका लागि लिगमा ब्रेक भएको थियो ।

यो विचमा नै राष्ट्रिय फुटबल टिमले मोरिसससँग दुई मैत्रीपुर्ण खेलको योजना तय भएको थियो । जसमा पहिलो खेलमा नेपाल एक शुन्यले विजयी भएको थियो ।