Fri May 27 2022
मुख्य खबर

तराई–मधेसका जिल्लाहरूमा चिसो बढ्यो, जनजिवन प्रभावित

मुर्ली गोडिया- तराई–मधेसका जिल्लाहरूमा केहि दिनयता चिसो ह्वात्तै बढेको छ । एक सातादेखि बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलाग्ने र बाक्लो हुस्सुसंगै चिसो हावा चल्दा दैनिक जन जीवन प्रभावित बनेको बन्दै गएको छ ।

बर्दियामा एक सातादेखि बढेको अत्याधिक चिसोका कारण जनजिवन प्रभावित बनेको छ । बिहानबाक्लो हुस्सुसँगै दिनभरि कुहिरोेसँगै चल्ने चिसो हावाले बिहान स्थानीय घरबाहिर निस्कन समेत सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि चिसोका कारण ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान बन्न थालेका छन् । चिसोले मानिसहरु घरबाहिर ननिस्केपछि बर्दियामा हुने गरेको दैनिक व्यापारीक कारोबारमा कमि आएको व्यापारी बताउछन ।

चिसोले धेरैजसो बालबालिका तथा बृद्धबृद्धाहरुलाई समस्या भएको छ । यता चिसोका कारण कृषकलाई आफनो अन्नबालीभित्राउन समेत सकस हुन थालेको छ । चिसो बढेसंगै विगतका वर्षहरुमा सरकारले चोक चोकमादाउरा उपलब्ध गराएपनि यो वर्ष अझै सम्मपनि केही नपाएको स्थानीयको गुनासो छ

बाक्लो हुस्सुले गर्दा बिहान १० मिटरभन्दा पर देख्न समेत हम्मेहम्मे पर्छ । बाक्लो हुस्सुले भिजीवीलिटिी कम हुँदा सवारी साधन कम गतिमा बत्ती बालेर गुड्न थालेका छन् । हुस्सुले दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ भने ग्रामिण भेगका महिला, बालबालिका, वृद्धवृद्धा तथा अन्य दैनिक ज्यालादारी गरि पारिवार पाल्ने व्यक्तिहरुकालागीशितलहरले प्रभावित बनाएको स्थानीयको भनाई छ ।

पश्चिम तराईका जिल्लाहरूमा केहिदिन यता चिसो ह्वात्तै बढेको हो । दिनभरि घाम नलागेपछि बढ्दो चिसोकाकारण आमनागरिकको दैनिकी कष्टकर बन्दै गएको छ ।