Wed May 18 2022
मुख्य खबर

गर्भवतीमा कोभिड संक्रमण बढ्दो

कैलाश लामा – दोलखामा कोरोना संक्रमण दर उच्च रहेको छ । समुदायस्तरमा नै कोरोना संक्रमण दर बढ्दै जाँदा गर्भवती महिला र बालबालिकाहरु त्यसको चपेटामा परेका छन् । संक्रमणको ग्राफ उकालो लागिरहँदा दोलखामा पछिल्लो दुई हप्तामामात्रै १०संक्रमित गर्भवतीले बच्चा जन्माएका छन् ।

कोभिडबाट गर्भवतीमहिला र बालबालिकाहरु पनि सुरक्षित रहन सकेको छैन् । दोलखामा पछिल्लो दुई हप्तामामात्रै १० जना संक्रमित महिलाले बच्चा जन्माएका छन् । आइतबार विहानमात्रै भीमेश्वर नगरपालिका–५ माटीकी २६ वर्षीय मञ्जु सुवेदीले छोरा जन्माइन । बेथालागेपछि शुक्रबार अस्पताल भर्ना भएको र शनिबार कोभिड पोजेटिभ देखेको उनको सामान्य प्रसुती भएको हो।

मञ्जुसंगै अस्पताल भर्ना भएकी कालिञ्चोक–८ सुनखानीकी अर्का गर्भवतीमा पनि कोरोना पोजेटिभ देखिएको छ । बच्चा जन्मने मिति कटेकोले अस्पतालमा भर्ना भएको उनको पनि राम्रो उपचार भइरहेको छ । पछिल्लो दुई हप्तामा आठ जना संक्रमितगर्भवतीको सामान्य प्रसुती र दुई जनाको शल्यक्रियाबाट प्रसुती गराइएको छ ।जसमाआमा र बच्चादुबैको स्वास्थ्य समान्य रहेको छ । बच्चा जन्मदा कोभिड नदेखिए पनि आमाले खोक्दा खकारबाट बच्चामा पनि कोभिड सर्न सक्ने चरिकोट अस्पतालका प्रमुख डाक्टर विनोद दंगाल बताए ।

स्वास्थ कार्यालय दोलखाका अनुसार संक्रमण समुदाय स्तरमै पुगेकाले दैनिक कोभिड परिक्षण गर्नेहरु मध्ये ६० प्रतिशतमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
पुस १८ देखि यता जिल्लामा चार सय ३५ जना कोभिड संक्रमित भएका छन् । जसमा एक सय ५३ जनामहिला र २० जना बालबालिका रहेका छन् । हालसम्म एक सय ३१ जना संक्रमण मुक्त भएका छन् ।