Mon May 16 2022
खेलकुद

इजिप्ट कप अफ नेसन्सको सेमिफाइनलमा

एजेन्सी । इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इजिप्टले मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

इजिप्टलाई जित दिलाउनको लागि मोमम्हद सलाह र ट्रजिग्वेटले समान एक–एक गोल गरे । मोरोक्कोका लागि सोफिएन बोउफलले गोल गरेका थिए ।

खेलको सुरु भएको चैथो मिनेटमा नै मोरोक्कोले अग्रता लिएको थियो । पेनाल्टीमा बोउफलले गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए ।

५३औं मिनेटमा कप्तान सलाहले गोल गर्दै इजिप्टलाई खेलमा फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।