Sat Jun 25 2022
Breaking News

आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गरौं : बाबुराम भट्टराई

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताउनु भएको छ ।

यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उहाँले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गर्नु भएको हो ।
भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेख्नु भएको छ–‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं ।

सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमन विरोधी गठबन्धन नटुटोस् । एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् भन्दै उहाँले सामाजिक संजालमा लेख्नु भएको छ ।