जोडिनुहोस
  • होमपेज
  • इटलीमा गर्मी बढ्दैः ४० डिग्री तापक्रम पुग्ने चेतावनी

इटलीमा गर्मी बढ्दैः ४० डिग्री तापक्रम पुग्ने चेतावनी

काठमाडौं । इटलीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ।

उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो। इटालीमा दुई वर्षयता गर्मीका कारण जनजीवन प्रभावित बनिरहेको बताइएको छ।

गत जुलाइमा २७ शहरमध्ये २० वटा शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको थियो। आजसम्म बोलोग्ना, फ्लोरेन्स, मिलान, नेपल्स, रोम र टुरिनमा अत्याधिक गर्मी हुने बताइएको छ। साथै सोमवारसम्म एक दर्जन बढी शहरलाई रेड अलर्टमा राखिएको थियो। देशका मध्य र दक्षिणी भागका शहरको तापक्रम आगामी दिनमा ४० डिग्रि सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। जुन महिनायता यो ते्रो पटक यति धेरै तापक्रम बढेको हो।

इटलीको मुख्य कृषि युनियन कोल्डिरेट्टीले सोमवार यो वर्ष इटलीमा अझै गर्मी बढ्ने चेतावनी दिएको थियो। सन् २०२२ मा भने यो भन्दा धेरै गर्मीको लहरहरु चलेको थियो। तर यस वर्षका गर्मीका लहरहरु छोटो समयका लागि मात्रै छन्। गत जुलाइ महिनामा इटलीमा इतिहासकै सबैभन्दा बढी गर्मी भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका