Tue May 17 2022
अन्तर्राष्ट्रिय

उत्तर कोरियाले गर्‍यो पाँच वर्षयताकै शक्तिशाली मिसाइल परीक्षण

एजेन्सी । उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको अनुमान गरिएको छ ।

उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट बिहान क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । शनिवार बिहान परीक्षण गरेको मिसाइल सन् २०१७ यताकै शक्तिशाली रहेको अनुमान गरिएको छ ।

उत्तर कोरियाले स्थानीय समय अनुसार आज बिहान ७ बजेर ५२ मिनेट जाँदा पूर्वी तटीय क्षेत्रबाट मिसाइल परीक्षण गरिएको पाइएको थियो ।

पछिल्लो समय अमेरिका, जापान र दक्षिण कोरियाले मिसाइल परीक्षणलाई लिएर उत्तर कोरियाको आलोचना गर्दै आएका छन् ।

उत्तर कोरियाले यो जनवरीमा मात्रै सातौँ पटक मिसाइल परीक्षण गरेको हो ।

ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षण गर्न नपाउने गरी संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ । तर, उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ ।

उत्तर कोरियाले आज मध्यम दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले जनाएको छ । यसअघि सोही क्षमताको मिसाइल उत्तर कोरियाले सन् २०१७ को नोभेम्बरमा परीक्षण गरेको थियो ।