Fri May 27 2022
देश

कन्टेनर पल्टिँदा एक जना गम्भीर घाइते

चितवन । चितवनको सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्बरको कन्टेनर भरतपुर महानगरपालिका–१२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई विद्युतको खम्बामा सोमबार दिउँसो ठोक्किएको थियो ।

दुर्घटनामा घाइते ट्रक चालकको नाम ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ । घाइते चालकको उपचार भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

कन्टेनरले ठक्कर दिँदा दुईवटा विद्युतका खम्बाहरु पनि ढलेका छन् ।

विद्युतको खम्बा ढलेपछि विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।