Sat May 21 2022
देश

पूर्वमन्त्री सुवेदीको निधन

काठमाडौँ । पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ८२ वर्षका सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो ।

पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएका सुवेदी २०३९ सालमा भूमिसुधार सहायक मन्त्री बन्नुभएको थियो ।