हेटौंडा । सोनाम ल्होछारको अवसरमा वाग्मती प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमवार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता साथै आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले बताए।
वाग्मती प्रदेशमा तामाङ र ह्योल्मो समुदायले सोनाम ल्होछार पर्व विशेष महत्वका साथ मनाउने गर्दछन्।
यस पटक यो समुदायमा गोरु वर्ग बिदा भएर बाघ वर्गको स्वागत गरिँदैछ। यसैगरी प्रदेश सरकारले चेपाङ समुदायको न्वागी पर्वमा पनि बिदा दिने निर्णय गरेको छ।