जोडिनुहोस
  • होमपेज
  • चन्द्रयानको सफल अवतरणपछि पूर्व राष्ट्रपति भण्डारीले दिइन् भारतलाई बधाई

चन्द्रयानको सफल अवतरणपछि पूर्व राष्ट्रपति भण्डारीले दिइन् भारतलाई बधाई

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएकी छन् ।

चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भए लगत्तै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत बधाई दिएकी हुन् ।

भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधवार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ ।

पूर्व राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा आज अवतरण गरेर हाम्रो मित्रराष्ट्र भारतलाई ऐतिहासिक सफलता हासिल गरेको छ । यस मिसनको सफलताका लागि इसरोका वैज्ञानिक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र समस्त भारतीय जनता सबैलाई हार्दिक बधाई दिन चाहन्छु, मित्रराष्ट्रको ऐतिहासिक सफलतामा नेपाल र सम्पूर्ण नेपाली जनता पनि अत्यन्त हर्षित छौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका