Tue May 17 2022
गण्डकी प्रदेश

सभामुख सापकोटालाई काभ्रेमा अनेरास्ववियुले देखायो कालो झण्डा

काभ्रे । सभामुख अग्नीप्रसाद सापकोटालाई एमालेनिकट भ्रातृ संगठन अनेरास्ववियुले काभ्रेमा कालो झन्डा देखाएका छन्

गृहजिल्ला सिन्धुपाल्चोक जान लागेका सापकोटालाई अनेरास्ववियुले बनेपा बुडोलमा कालो झन्डा देखाएका हुन् ।

अनेरास्ववियुनिकट विद्यार्थीहरूले उनको यात्रामा अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला ईञ्चार्जसमेत रहेका केन्द्रीय सचिवालय सदस्य शालिकराम पराजुलीले जानकारी दिए ।

आधा घण्टा सडकमै धर्ना दिएका उनीहरूले सभामुखको राजीनामा माग गर्दै कालो झन्डा देखाएका थिए ।

सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै एमालेनिकट भ्रातृसंस्थाहरू सभामुख सापकोटाविरुद्ध आन्दोलित छ ।