जोडिनुहोस
  • होमपेज
  • बारमा गोली चल्दा चार अमेरिकीको मृत्यु

अन्तर्राष्ट्रिय

बारमा गोली चल्दा चार अमेरिकीको मृत्यु

बारमा गोली चल्दा चार अमेरिकीको मृत्यु

लस एन्जलस –अमेरिकाको क्यालिफोर्निया राज्यको एक बारमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ। गोली हानाहान भएका वेला सरकारी अधिकारी पनि भएकाले आक्रमणकारी पनि मारिएको बताइएको छ। घटनामा कुनै पनि सरकारी अधिकारी घाइते भएका छैनन्।

‘घटनास्थलमा चारजनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ। घाइते ६ जनालाई अस्पतालमा लगिएको छ’,अरेन्ज काउन्टीका शेरिफले सामाजिक सञ्जालमा भनेका छन्।

स्रोतलाई उद्धृत गर्दै अरेन्ज काउन्टीले घरायसी विवादका कारण घटना भएको बताएको छ। वारुणयन्त्र विभागका वरिष्ठ अधिकारी ब्रायन फेनेसीले घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताएका छन्।

बन्दुक हिंसाबाट संयुक्त राज्य अमेरिका आक्रान्त भएको छ। बन्दुक आक्रमणमा परी यो देशमा हरेक वर्ष हजारौँले ज्यान गुमाउँदै आएका छन्। आजको गोलीकाण्ड लस एन्जलसबाट करिब ७० किलोमिटर दक्षिणपूर्वमा रहेको कुकस कर्नर बारमा भएको हो।

यो स्थान ‘बाइकर’हरूका लागि लोकप्रिय मानिन्छ। आक्रमणकारी कानून कार्यान्वयन गर्ने पूर्व अधिकारी भएको अनुमान गरिएको छ। घटनास्थलबाट एउटा हतियार पनि बरामद गरिएको छ। अमेरिकामा गोलीकाण्डका घटना नियमित रूपमा हुने गरेका छन् भने सञ्चारमाध्यममा बन्दुक हिंसाका समाचार प्रमुख शीर्षक बन्ने गरेका छन्।

यो महिनाको पहिलो दिनसम्मको तथ्याङ्कअनुसार यो वर्ष २५ हजार १९८ जनाले ज्यान गुमाएका छन्। बन्दुक हिंसाको अभिलेख राख्ने संस्था गन भाइलेन्स अर्काइभले सरदर दैनिक ११८ जना मारिने गरेको जनाएको छ। सात महिनाको यो अवधिमा ८७९ किशोर र १७० बालबालिकाको मृत्यु भएको छ।

रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका