जोडिनुहोस
  • होमपेज
  • साउदी लिगमा अहलीको लगातार तेस्रो जित, बराबरीमा रोकियो इत्तिफाक

साउदी लिगमा अहलीको लगातार तेस्रो जित, बराबरीमा रोकियो इत्तिफाक

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल अहली क्लबले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल अहलीले अल अख्डोउडलाई १(० गोल अन्तरले पराजित गरेको हो ।

अल अहलीको जितमा खेलको इन्ज्रुरी समयको ९६औं मिनेटमा फ्रयांक केस्सेले खेलको एक मात्र गोल गरेका थिए । रियाद महरेजले दिएको क्रसमा केस्सेले गोल गरेका थिए ।

यो जितपछि अल अहलीको ३ खेलमा ९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यसै गरी अल अख्डोउडको भने ३ खेलमा १ अंक रहेको छ । अल अहलीले अब अर्को खेल अगस्त २९ मा अल टाईसँग खेल्दै छ ।

त्यस्तै स्टेफेन जेरार्ड नेतृत्वको क्लब अल इत्तिफाकले भने अल खालीजसँग बराबरी खेलेको छ । गएराती सम्पन्न खेलमा अल इत्तिफाक ए अल खालीज १(१ गोलको बराबरीमा रोकिएका हुन् ।

अल इत्तिफाकका लागि भिटिन्होले गोल गरेका थिए भने अल खालीजका लागि फाबो मार्टिन्सले गोल गरेका थिए ।

यो बराबरीपछि इत्तिफाकको ३ खेलमा ७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यसैगरी अल खालीजको भने ३ खेलमा १ अंक रहेको छ ।

अब इत्तिफाकले अर्को खेल अल हिलालसँग अगास्त २८ मा खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका