Mon Nov 28 2022
मुख्य खबर

अटो चालक मृत फेला

नवलपुरको कावासोतीमा अटो चालक मृत फेला परेका छन ।
कावासोती नगरपालिका वडा नंंं. १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकै मृत फेला परेका हुन ।

सडक छेउमा उनले चलाउने अटो रोकिएको छ हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाइएको स्थानीयले जानकारी दिएका छन ।

नवलपुर प्रहरीका डिएसपी दिलिप कुमार गिरीले शवलाई अहिले खाल्डोबाट बाहिर निकालिएको र घटनाको अनुसन्धान भैरहेको बताउनु भयो । अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको उहाँले जानकारी दिनुभयो ।