जोडिनुहोस
  • होमपेज
  • दुई वर्षपछि कालीगण्डकीको बहाव उच्च विन्दुमा

दुई वर्षपछि कालीगण्डकीको बहाव उच्च विन्दुमा

पर्वत।अविरल वर्षासँगै मुस्ताङ, म्याग्दी, बागलुङ हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ ।अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो ।

दुई वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

उनले बिहानैदेखि नदीको सतहदेखि झण्डै आठ मिटर उचाइमा बहाव भइरहेको बताए । अहिलेको पानीको बहाव झण्डै २८३ क्युसेक रहेको छ । यो यस वर्षकै सबैभन्दा बढी मापन हो ।

यसअघि गत साउनमा सात दशमलव ४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा नरोकिए अझै बहाव बढ्ने सम्भावना रहेको उनको भनाइ थियो ।

कालीगण्डकी नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती र खनियाँघाट तथा कुश्मा नगरपालिकाका मालढुङ्गा, नयाँपुल र मोदीवेणी उच्च जोखिममा परेको हो ।

बहाव उर्लिएपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् ।

पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले जानकारी दिए । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पुरिएपछि शिलामा दर्शन गर्न जाने बाटो पूर्ण रुपमा क्षति पुगेको उनले बताए ।

कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीबेनी बजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका खोलिएका छन् ।

कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेनी बजार र पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जा तर्फको बजार क्षेत्रका झण्डै दुई सय व्यापारी त्रसित बनेका छन् ।

स्थानीय प्रहरी चौकीका अनुसार अहिलेसम्म पनि पानीको बहाव उच्च छ । बजार क्षेत्रसँगै जोडिएको मन्दिरको सत्तल मुनीको सिँढीसम्म पानीको बहाव आइपुगेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका