Mon Nov 28 2022
मुख्य खबर

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ ।

नेपाल आलग निगमले मंगलबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जानकारी दिएको हो । निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँ बढाएको निगमले जनाएको छ ।

पछिल्लो समायोजनसँगै पेट्रोलको भाउ प्रतिलिटर १४२ रुपैयाँ र मट्टितेल र डिजेलको १२५ रुपैयाँ पुगेको छ । हवाई इन्धन भने प्रतिलिटर ११६ रुपैयाँ हुन पुगेको छ । एपी ग्याँसको मूल्य यथावत् राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोगन गर्नु परेको निगमले जनाएको छ ।

यसअघि, बढाइएको मूल्यवृद्धि फिर्ताको माग गर्दै युवा तथा विद्यार्थी संगठनहरूले विरोध गर्दै आएका बेला निगमले पुनः मूल्य बढाएको हो ।