जोडिनुहोस
  • होमपेज
  • नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयोः नेता कोइराला

नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयोः नेता कोइराला

काठमाडौं।नेपाली कांग्रेस नेता शेखर कोइरालाले देश अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बन्दै गएको बताएका छन् । शुक्रबार पत्रकारहरूसँग उनले देशमा ठूला भ्रष्टाचारका घटना बाहिर आउने क्रम जारी रहेको बताए ।

‘अहिले जुन घटनाहरू भएका छन्, सुन तस्करी भन्नुस्, ललिता निवास प्रकरण भन्नुस्, नक्कली भुटानी शरणार्थी, यति–ओम्नी भन्नुस्,’ उनले भने, ‘अझ ‘गिरीबन्दु टि स्टेट’ भन्नुस्, यो त के छ भने, नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बनेको मैले बुझेको छु, यसले नेपालको साख घटाएको छ ।’

नेता कोइरालाले अबका दिनमा कांग्रेस भ्रष्टाचारको फाइल खोल्नेको विरुद्ध जान नहुने बताए । ‘नेपाली कांग्रेसलाई अब अर्को कुनै विकल्प छैन,’ उनले भने । उनले प्रधानमन्त्रीले अरू ठूला भ्रष्टाचारको घटना बाहिर ल्याउने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका