Sat Dec 10 2022
खेलकुद

दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट

काठमाडौं – दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट भएको छ। विश्वकप छनोट अन्तर्गत भएको खेलमा मंगलबार सिरियालाई २(० गोलले पराजित गर्दै दक्षिण कोरिया फिफा विश्वकपमा छनोट भएको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दक्षिण कोरियाको जितका लागि किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे।

खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए। ७१ औं मिनेटमा क्वोनले अग्रता दोब्बर बनाएका हुन्।

जितसँगै दक्षिण कोरियाले ८ खेलमा २० अंक जोडेको छ। इरानपछि एसियाबाट विश्वकप छनोट हुने कोरिया दोस्रो टिम बनेको छ।